विभाजित भएको कम्युनिष्ट पार्टी हरियो देखेर तर्सन्छ - महामन्त्री शर्मा
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा निर्वाचन चिन्ह हरियो राखेकोमा नतर्सन आग्रह गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्हको रङ हरियो राखेको प्रति आपत्ति जनाएपछि चिन्हकाे रङमै आपत्ति नजनाउन उनले आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विभाजित भएको कम्युनिष्ट पार्टी हरियो देखेर तर्सिएको बताए । 'साउनमा के भकोले वर्षैभरि हरियो देख्छ भने झै विभाजित भएको कम्युनिष्ट पार्टी हरियो देखेर तर्सिन्छ भन्ने नयाँ उखान बजारमा छ', उनले भने ।
कांग्रेस निर्वाचनमा कसैलाई तर्साउन भन्दा पनि स्वस्थ प्रतिस्पर्धाका लागि निर्वाचनमा जाने उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया