आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

कांग्रेस बाराको जिल्ला अधिवेशनमा मतदान जारी

कलैया- नेपाली कांग्रेस बाराको नयाँ नेतृत्व चयनको लागि बुधबार फेरि  मतदान भइरहेको छ । गत शनिबार मतदान जारी रहेकै बेला फर्जी मत खसेर विवाद भएपछि मतदान रद्द गरि निर्वाचन स्थगित गरिएको थियो । शनिबार स्थगित निर्वाचन  बुधबार फेरि भएको हो। 

बाराकै कलैया उपमहानगरपालिका १ स्थित श्री ३ चन्द्र माध्यमिक विद्यालय परिसरमा बुधबार  बिहान १० बजे देखि जारी मतदानको समय साँझ ५ बजे सम्म निर्धारण  गरिएको प्रमुख निर्वाचन अधिकृत राज कुमार उप्रेतीले जानकारी दिए।

काङ्ग्रेस बाराको सभापतिका लागि शम्भु बहादुर बुढाथोकी, राजेश राय यादव र रामानन्द यादवले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । शम्भु र राजेश संस्थापन पक्षका हुन् । भने रामानन्दलाई शेखर कोइराला समूहको समर्थन रहेको छ । 

बारामा दुई हजार चार सय ८० मतदाता रहेका छन् ।