माओवादीबाट निर्वाचित रंगेली नगरपालिकाका मेयर र उपमेयर एमाले प्रवेश

बिराटनगर- मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप (बगडिया) अग्रवाल, उपमेयर केशव कुमारी खराल र तीन जना वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बुधबार रंगेली नगरपालिका-७ मा आयोजित तराई मधेस केन्द्रित बृहत् जनसभामा उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला अविर लगाएर एमालेमा प्रबेश गराएका हुन् ।
मेयर बगडिया र उपमेयर खरालसहित वडा नम्बर १ का वडाध्यक्ष कृष्ण खनाल, ५ का वडाध्यक्ष महानन्द मण्डल र वडा ७ का वडाध्यक्ष रामचन्द्र मण्डल समेत एमाले प्रवेश गरेका छन् ।
तीनैजना वडाध्यक्ष तत्कालीन माओवादीबाट निर्वाचित हुन् । त्यसैगरी काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य मुनसी टुडु, माओवादीबाट निर्वाचित वडा सदस्य हेमन्ती देवी ठाकुर, निर्मला विक, ढोराई सरदार, आमरेक देवि ऋषिदेव र मुलुकचन्द्र बहरदार पनि एमाले प्रवेश गरेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।
जनसभामा विभिन्न पार्टी परित्याग गरी ५ हजार ३०० जना एमाले प्रवेश गरेको घोषणा गरिएको थियो । एमाले प्रवेश गरेका मेयर बगडिया रंगेलीका अगुवा इटा व्यवसायी हुन् । पहिले नेपाली काङ्ग्रेससँग सम्बद्ध रहेका उनी मेयरको टिकट लिनका लागि माओवादी प्रवेश गरेका थिए ।
बुधबार उनी एमाले प्रवेश गर्ने थाहा पाएपछि माओवादी केन्द्र प्रदेश १ कमिटीले उनको पद खारेजीका लागि निर्वाचन आयोग समक्ष सिफारिस गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया