बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

कांग्रेस नेता जोशीको अवस्था गम्भीर

काठमाडौंः नर्भिक इन्टरनेशनल हस्पिटलले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको जनाएको छ । 

अस्पतालले बुधबार विज्ञप्ति जारी गरी हाल भेन्टिलेटरमै राखेर उपचार भैरहेको उल्लेख गरेको छ । 

फागुन १३ गते राती स्वास्थ्यमा समस्या भएपछि जोशीलाई वीर अस्पतालमा परिक्षण गर्दा मस्तिष्कमा रगत जमेको देखिएको थियो । वीरले नर्भिकलाई रेफर गरेपछि १४ गतेदेखि जोशीको त्यहाँ उपचार भइरहेको छ । 

‘केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो ।,’ अस्पतालले भनेको छ, ‘तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको छ ।’