कांग्रेस बाराको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने

काठमाडौँ - नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशनमा उम्मेदवार रहेका तीनैजनाले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । बुधबार भएको मतदानमा उम्मेदवार रहेका तीनै जनाले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । दोस्रो चरणको निर्वाचन शुक्रबार हुँदैछ ।
बाराको कांग्रेस सभापतिका लागि राजेश राय यादव, शम्भु बहादुर बुढथोकी र रामानन्द यादवबीच बुधबार प्रतिस्पर्धा भएको थियो । राजेश रायले ८३३, बुढाथोकीले ८०९ र रामानन्दले ७०८ मत ल्याएका थिए । रामानन्द निर्वाचनबाट बाहिरिएपछि राजेश राय र बुढाथोकीबीच प्रतिस्पर्धा हुने भएको हाे ।
राजेश राय र बुढाथोकी संस्थापन समूहका हुन् भने रामानन्द संस्थापनइतर सममूहका हुन् । रामानन्दले राजेश राय यादवलाई समर्थन गर्ने भएका छन् । यसअघि गत शनिबार भएकाे निर्वाचनमा धाँधली भएकाे भन्दै मतपत्र जलाइएकाे थियाे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया