बर्दियामा फेरि लियो बाघले महिलाको ज्यान

नेपालगञ्ज : बर्दियामा बाघ आक्रमणका घटना बढ्दै गइरहेका छन् । पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एक महिलाको ज्यान गएपछि घटनास्थल वरपर त्रास बढेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका-७ की ५५ वर्षीय डल्ली रावतको बाघ आक्रमणबाट मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
मङ्गलबार दिउँसो रावतलाई बाँघले झम्टेर लगेपछि उनको खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा शव भेटिएको हो । महिलाको अगाडिको आधा शरिर बाघले खाएको अवस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले बताए ।
यसअघि फागुन २६ गते बर्दियाको मधुवन नगरपालिका-३, स्थित सामुदायिक वनभित्र घाँस काट्न गएकी कोठियाघाट बजारकी २७ वर्षीया रिना सुनारको पाटेबाघले आक्रमण गर्दा ज्यान गएको थियो । यस्तै फागुन १७ गते सामुदायिक वनमा भैँसी चराउन गएका बर्दिया राजापुर नगरपालिका-१० का ६५ वर्षीय लालबहादुर थारुलाई बाघले आक्रमण गरि ज्यान लिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा बाघको आक्रमणबाट यो वर्ष मात्रै ९ जनाको ज्यान गइसकेको छ ।

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

प्रतिक्रिया