जनप्रभात स्कुलमा पाकिस्तानी दूतावासको नि:शुल्क चिकित्सा शिविर

काठमाडौँ- पाकिस्तानी राजदूतावासले नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (एनपीएफसीए) को सहकार्यमा काठमाडौंको जनप्रभात उच्च माध्यमिक विद्यालय कालीमाटीमा निःशुल्क चिकित्सा शिविर आयोजना गरेको छ । संघले नि:शुल्क चिकित्सा शिविरको १६ औं संस्करण आयोजना गरेको हो ।
नि:शुल्क चिकित्सा शिविरको उद्घाटन नेपालका पूर्व उपप्रधानमन्त्री सी.पी. मैनाली, पाकिस्तानका राजदूत जदूत सैयद हैदर शाह, र काठमाडौँ महानगरपालिकाकी उपमेयर श्रीमती हरिप्रभा खड्गी (श्रेष्ठ) संयुक्त रुपमा गरेका थिए ।
चार सयभन्दा बढी पुरुष, महिला र बालबालिकालाई नि:शुल्क उपचार र तीन महिनाको औषधि वितरण गरिएको थियो । बिरामीहरूलाई कोभिड-१९ विरुद्धको रोकथामका उपायहरूबारे जानकारी गराइएको थियो।
राजदूत शाहले जनप्रभात उच्च माध्यमिक विद्यालयका लागि फोटोकपी मेसिन उपहार पनि हस्तान्तरण गरेका थिए । उपमेयर खड्गीले काठमाडौंँ महानगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएकोमा पाकिस्तानी राजदूतावास र एनपीएफसीएलाई धन्यवाद दिइन् । उनले मानवतालाई उदारतापूर्वक सहयोग गरेकोमा पाकिस्तान सरकार र एनपीएफसीएको प्रशंसा गरिन्। उनले जनप्रभात उच्च माध्यमिक विद्यालयलाई सहयोग गरेकोमा कृतज्ञता पनि व्यक्त गरिन् ।
नेपालका पूर्व उपप्रधानमन्त्री माननीय सीपी मैनालीले नेपाल र पाकिस्तानबीचको गहिरो र सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै नि:शुल्क चिकित्सा शिविर आयोजना गरेकोमा पाकिस्तानी राजदूतावास र एनपीएफसीएलाई धन्यवाद दिँदै सहयोगको निरन्तरताको कामना गरे ।
आफ्नो मन्तव्यमा राजदूत शाहले नि:शुल्क चिकित्सा शिविरले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धको झल्को दिएको बताए । उनले मानवताको सेवा गर्ने भावना कायम राखेकोमा एनपीएफसीए, डाक्टर र मेडिकल स्टाफलाई धन्यवाद दिए। राजदूत शाहले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरका लागि पाकिस्तानले निरन्तर सहयोग गर्ने आश्वासन पनि दिए ।

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

एचआइभी संक्रमितको अठोटः मैले अझै बाँच्नुपर्छ

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

प्रतिक्रिया