सानिमा बैंकका ग्राहकले दूसित थानी हिमालयन रिसोर्टमा छुट पाउने
काठमाडौँ- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न धुलिखेल स्थित दूसित थानी हिमालयन रिसोटमा छुटको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।