बैंक-वित्त

भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एभरेष्ट बैंककाे एटिएम

इकागज | मंसिर ७, २०८०

काठमाडौँ- विशेष कार्यक्रमका बीच एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित श्री जगदम्बा स्पिनिङ मिल्सको प्राङ्गणमा बैंकको एटिएमको समुद्घाटन गरेको छ । सो एटिएमकाे समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रूपमा गरेका हुन् ।

यो संगै बैंकको एटिएमकाे संख्या १६३ पुगेको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले उक्त एटिएम सेवा विस्तार संगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारीहरू तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानीय बासिन्दालाई सो सेवाले थप सहज र सरल हुने कुरा व्यक्त गरे भने मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्रङ्गणमा एटिएम सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । 

साथै सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरूलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ । बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लवप्रसाद कुइँकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुवप्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराएका थिए । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल शाखाका प्रबन्धक नविन पण्डित क्षेत्री र मिल्सका तर्फबाट अंकुर न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् । यस्तै देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६३ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैंकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । 

बैंकहरूको नयाँ ब्याजदर लागू : एउटाले ब्याज बढाउँदा, अधिकांश बैंकले घटाए

इकागज | मंसिर १, २०८०

काठमाडौँ- आजबाट वाणिज्य बैंकहरूको नयाँ ब्याजदर लागू भएको छ । बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याज...

छोरीलाई लक्ष्मीको रुपमा अपनाएको भिडियो बनाउनुहोस्, ५० हजार जित्नुहोस्

इकागज | कात्तिक ३०, २०८०

काठमाडौँ- तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान 'लक्ष्मी सनरा...

मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढ्यो

इकागज | कात्तिक २४, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय...

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

इकागज | कात्तिक २४, २०८०

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा.बालगोपाल वैद्य नियुक्त भएका छन् ।&nb...