बैंक-वित्त

एनआईसी बैंकका ग्राहकले अब मोबाइल एपबाटै दुई लाखसम्म ऋण लिन सक्ने

इकागज | फागुन १२, २०७९

काठमाडौं–एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी ‘फोन लोन’सेवा शुभारम्भ गरेको छ । ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम दुई लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने गरी यस्तो सेवाको शुभारम्भ गरिएको हो ।

बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहक महानुभावहरूले एकदेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् । 

यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहक महानुभावहरूले कर्जा सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । साथै, उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहक महानुभावको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहक महानुभावले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्नेछ र कर्जा लिन योग्य ग्राहकको मोबाइल  एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ ।

सरकारले आकस्मिकरुपमा घोषणा गर्ने बिदामा बैंकले सेवा दिने

इकागज | फागुन १२, २०७९

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ ।...

कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न मिल्दैन : पूर्वगभर्नर क्षेत्री

इकागज | फागुन ९, २०७९

गोरखा- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा ...

लघुवित्तका ऋणी आन्दोलित, राष्ट्र बैंक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन

इकागज | फागुन ८, २०७९

काठमाडौँ - लघुवित्त कम्पनीले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन् । ‘लघुवित्तीय ...

कैलाली उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गर्ने

इकागज | फागुन ८, २०७९

कैलाली- कैलाली उद्योग वाणिज्य संघलगायत अन्य व्यावसायिक संघ संस्थाहरूले धनगढीमा बैंक तथा वित्तीय सं...

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै राष्ट्र बैंक

इकागज | फागुन ८, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले ...