बैंक-वित्त

कुमारी बैंककाे फोन लोन सुविधा, क्यूआर मर्चेन्टहरूलाई बिनाधितो, छिटो-छिटो

इकागज | जेठ ७, २०८१

काठमाडौँ- सबैका लागि सधैंका लागि अनवरत डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्दै आधुनिक जीवनशैलीमा आधारित सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरूलाई बिनाझन्झट कुमारी मोबाइल बैंकिङ्ग एप मार्फत नै रु दुई लाखसम्मको कर्जा उपयोग गर्न सक्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ ।

यसबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तीय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरूका सानातिना वित्तीय आवश्यकताहरू परिपूर्ति हुँदा वित्तीय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाइहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंक र एफवान सफ्टबीच ग्राहकलक्षित विभिन्‍न समझदारी पत्रमा हस्ताक्षर

इकागज | जेठ ६, २०८१

काठमाडौँ- कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनल प्रा.लिले बैंकका ग्राहकहरूलाई लक्षित...

महिला सशक्तीकरणका लागि लक्ष्मी सन्‌राईज बैंकको 'शिक्षित लक्ष्मी' पहल

इकागज | जेठ ५, २०८१

काठमाडौँ- महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सन्‌राईज बैंकले 'शिक्षित ...

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः ढुङ्गाना नियुक्त

इकागज | जेठ ३, २०८१

काठमाडौँ- नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई दोस्र...

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विषेश छुट

इकागज | बैशाख २८, २०८१

काठमाडौँ - कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच ...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

इकागज | बैशाख २६, २०८१

काठमाडौँ- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हे...

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौँ उपत्यकाभित्र दुई वटा शाखा स्थानान्तरण

इकागज | बैशाख २६, २०८१

काठमाडौँ- लक्ष्मी सन्‌राइज बैंकले काठमाडौँ उपत्यकाभित्रका आफ्नो दुई वटा शाखाहरू स्थानान्तरण गरेक...