ब्रान्‍ड

आईफोन- १६ को सिरिज लन्च

इकागज | भदौ २५, २०८१

काठमाडौँ- आईफोन निर्माता कम्पनी एप्पलले आईफोन- १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो ।

यस कार्यक्रमलाई 'इट्स ग्लोटाइम' नाम दिइएको थियो । एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आईफोन–१६, आईफोन १६ प्लस, आईफोन–१६ प्रो र आईफोन–१६ प्रो म्याक्स कार्यक्रममा लन्च गरिएको हो ।

आईफोन-१६ को ७९९ डलर मूल्य तोकिएको छ भने आईफोन-१६ प्लसको ८९९ डलर रहेको छ । त्यस्तै आईफोन-१६ प्रो को ९९९ डलर र आईफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ । 

यसपटक नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । यद्यपि एप्पल इन्टेलिजेन्स केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ।

आईफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन–१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ ।

आईफोन-१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आईफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आईफोन हुनेछ ।

आईफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुविधा अनुसार सञ्‍चालन गर्न सकिने छ । त्यस्तै आईफोन १६ मा ए१८ बायोनिक चिपसेट प्रदान गरिएको छ ।

त्यस्तै आईफोन-१६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ। यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डल्बी भिजनको साथ ४ के ६० भिडियो रेकर्ड गर्न सक्छ ।

एप्पलको ‘इट्स ग्लोटाइम’ इभेन्ट सेप्टेम्बर ९ मा, नयाँ आइफोन लन्च गर्दै

इकागज | भदौ १४, २०८१

काठमाडौँ- आईफोन निर्माता एप्पलको लागि वर्षको सबैभन्दा ठूलो लन्च कार्यक्रम सेप्टेम्बर ९ मा आयोजना हुनेछ । क...

ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्याम्बलर ४०० एक्स मोडेल सार्वजनिक

इकागज | भदौ १२, २०८१

गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्प...

‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक

इकागज | भदौ १२, २०८१

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लि.ले भृकुटीमण्डपमा जार...

रेड्मी नोट १३ प्रोः स्टाइल र पर्फर्मेन्सको उत्कृष्‍ट सन्तुलन

इकागज | भदौ ५, २०८१

पछिल्लो समयमा स्टाइल र पर्फर्मेन्सको सन्तुलन भएको स्मार्टफोन भेट्टाउनु चुनौतीपूर्ण छ। बजारमा धेरै स्मार्टफोनह...

यी हुन् एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन प्रतियोगिताका विजेताहरू

इकागज | भदौ ५, २०८१

काठमाडौँ- एशियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३÷२४ को ११औं कलाईडोस्कोप प्रत...