संवैधानिक अंग

निर्वाचन आयुक्त डा. जानकी तुलाधर भन्छिन्

'निर्वाचन प्रणाली सुधार्न सशक्त कानून आवश्यक'

इकागज | चैत ७, २०७९

काठमाडौँ - निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले आयोग निर्वाचन प्रणाली सुधारको प्रक्रियामा रहेको बताएकी छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्न काम गरिरहेको बताइन् । निर्वाचन अझै परिष्कृत तरिकाले अघि बढ्न आयोगले आफ्ना कामहरू गरिरहेको उनको भनाइ छ । 

निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून बनाउन आवश्यक रहेको उनले बताइन् । उनले साइबर अपराधको नियमन र नियन्त्रण गर्न र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्न कानून र प्रविधिको अभाव रहेको बताइन् । उनले अनुगमन संयन्त्र पर्याप्त नहुँदा पनि धेरै समस्या भोग्नुपरेको उल्लेख गरिन् । द्वेषपूर्ण अभिव्यक्ति निर्वाचनको समयमा मात्रै नभइ अन्य समयमा पनि भइरहने भएकाले त्यसको नियमन हुन आवश्यक रहेको उनको भनाइ छ । 

निर्वाचन आयुक्त तुलाधरले सामाजिक सञ्जालको सही सदुपयोग गरी जनस्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताइन् । 
 
 

सडक नै नभएको ठाउँमा पुल : यातायात मन्त्रालयका तत्कालीन सचिवविरुद्ध मुद्दा दायर

इकागज | फागुन १५, २०७९

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथ...

उमेर, थर र शैक्षिक योग्यता ढाँटेर जागिर खाएको भन्दै डिआईजी अशोक सिंहविरुद्ध अख्तियारमा उजुरी

इकागज | फागुन ३, २०७९

काठमाडौँ - नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहले उमेर, थर र शैक्षिक योग्यता ढाँट...

तीन वटा सरकार फेरिएपछि ५२ संवैधानिक पदाधिकारीको अन्तिम सुनुवाइ आज

इकागज | फागुन ३, २०७९

काठमाडौँ- विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको सं...

राज्यकोष दुरुपयोगलाई अनुसन्धानको दायरामा ल्याइनेछ : प्रमुख आयुक्त

इकागज | माघ २८, २०७९

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यकोष दुरुपयोग र दोहन ग...

सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरूको तलब : कसको तलब कति ?

इकागज | माघ ७, २०७९

काठमाडौँ- सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित विभिन्न पदाधिकारीको नयाँ तलबमान गत साउन १ गतेद...

निलम्बित प्रधानन्यायाधीश जबरासँग सोध्‍नुपर्ने डेढ सय प्रश्‍न, चार प्रश्नमै सकियो पहलो दिनको बयान

इकागज | भदौ १५, २०७९

काठमाडौँ - नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभि...

बैंक खातामै घुस ट्रान्सफर गराउने मोहन्यालका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | साउन २९, २०७९

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका छैठौं तहका अधिकृत दीपेन्...