संवैधानिक अंग

राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक

इकागज | मंसिर २१, २०७८

काठमाडौं - राष्ट्रिय सभा सदस्यमा रिक्त १९ सदस्यको चुनाव पुस १७ बाट प्रक्रिया शुरु हुने गरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्यका निम्ति आउँदो माघ १२ गते निर्वाचन हुँदैछ ।

आयोगका अनुसार, आउँदो पुस १७ बाट निर्वाचन प्रक्रिया शुरु हुनेछ । उक्त दिन मतदाता नामावली प्रकाशन हुनेछ । पुस २० मनोनयन पत्र दर्ता हुनेछ र माघ १२ मा चुनाव हुनेछ । राष्ट्रिय सभा सदस्यका निम्ति प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहनेछन् । तिनको मतभार भने फरक–फरक हुनेछ । 

नयाँ संविधानसपछि राष्ट्रिय सभामा निर्वाचित एक तिहाई सांसदहरुको आउँदो फागुन २० मा चार वर्षे पदावधि पूरा हुँदैछ । गोला प्रथाका आधारमा दुई, चार र छ वर्षे पदावधि कायम भएको हो । जसमा एक जना मनोनित सदस्य रामनारायण बिडारीको पदावधि समाप्त हुँदैछ । निर्वाचित र मनोनित गरी २० सदस्यहरुको पदावधि सकिँदैछ । राष्ट्रिय सभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्तारुढ गठबन्धनबीच राजनीतिक संयन्त्र निर्माण भइसकेको छ ।

चार वर्षे कार्यकाल पूरा गरी फागुन २० मा पदावधि समाप्त हुँदै गरेका सांसदहरु:

शिक्षक र कर्मचारीलाई दलको सदस्यबाट हटाउन निर्वाचन आयोगको निर्देशन

इकागज | मंसिर ७, २०७८

काठमाडौँ - शिक्षक र कर्मचारीलाई संविधानविपरित राजनीतिक दलको सदस्यता नदिन निर्वाचन आयोगले निर्देशन...

अख्तियारले बुझायो राष्ट्रपति भण्डारीलाई वार्षिक प्रतिवेदन

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धानले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आ...

मृत्यु भइसकेका व्यक्तिका नाममा भत्ता लेनदेन गर्ने कर्मचारीविरुद्ध मुद्दा

इकागज | असोज १३, २०७८

काठमाडौँ – विगत ८/१० वर्ष अगाडि नै मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक...

एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध दर्ता गरेको रिटको पेसी शुक्रबार

इकागज | भदौ १६, २०७८

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्‍निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च...