कर्पोरेट

रोयल इनफिल्डको दुई सोरुमको उद्घाटन

इकागज | चैत ५, २०७९

काठमाडाैं । रोयल इनफिल्ड मोटरसाइकलको थप दुई सोरुमको उद्घाटन गरिएको छ ।

 नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले कम्पनीको मापदण्ड अनुसार काठमाडौँको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुई सोरुमको उद्घाटन गरिएको हो ।

त्रिवेणी ग्रुपका अध्यक्ष श्री पुरुशोत्तमलाल संघाईबाट विशेष कार्यक्रमका बीच उद्घाटन गरि संचालनमा ल्याएको छ। 

रोयल इनफिल्ड मोटरसाइकल शोरुम "वाइकर्स होमको" अवधारणामा निर्माण गरिएको छ। शोरुमबाट बाइक,राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्री पछाडिका सेवाको ब्यवस्था गरिएको छ। 

रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ। 

अल्फा अटोमोटिभ प्रा. लि. ले आफ्नो एवं डिलर समेत गरि कम्पनी मापदण्डका हाल ६ वटा (नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शोरुम संचालन गरिरहेको छ भने चैत्र महिना भित्र थप ४ वटा (बिर्तामोड, टाडी, सुर्खेत र भक्तपुर) संचालनमा आउनेछन् र असाढ महिना भित्र थप ८ वटा (बिराटनगर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ्ग, नेपालगंज र त्रिपुरेश्वर) संचालनमा ल्याएर कुल १८ वटा  शोरुमबाट बाइक बिक्रि, गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ्ग लगाएतका सेवा प्रदान गर्नेछ।

अल्फा अटोमोटिभ प्रा. लि. त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो। त्रिवेणी ग्रुपले उत्पादनमुलक उधोग ब्यवसाय, बैङ्किङ्ग, बीमा,  एवं  सर्भिस  सेक्टरमा  कार्य गरिरहेको छ।

एनएमबि बैंकद्वारा १५ वर्षका लागि ११.९९ प्रतिशतमा स्थिर अवधिको घर कर्जा घोषणा

इकागज | चैत ५, २०७९

काठमाडौं– एनएमबि बैंकले १५ वर्षका लागि ११.९९% स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ ...

अशोक लेल्यान्डको लाइट कमर्सियल भेइकल ‘दोस्त’मा बेस्ट इन सेगमेन्ट ‘५ वर्षको वारेन्टी’

इकागज | चैत २, २०७९

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरि आफ्नो लोकप्रिय हलुका सवार...

कुमारी बैंकको अफर : मुद्दती खाता खोल्दा जीवन बीमा शुल्क बैंकले नै तिर्ने

इकागज | चैत १, २०७९

काठमाडौँ- कुमारी बैंकले जीवन बीमा सुविधासहितको थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ। यस योजना ...

टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२३ सफलतापूर्वक सम्पन्न

इकागज | फागुन ३०, २०७९

काठमाडौँ- नेपालको ४ वटा डिभिजनहरुको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आफ्नो वार्षिक सम्मेलन &ldquo...

आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सिधै आइएमई पे वालेटमा प्राप्त गर्ने सम्झौता

इकागज | फागुन ३०, २०७९

काठमाडौँ । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत विदेशबाट...