कर्पोरेट

नर्भिकले कलेजोसम्बन्धी समस्या भएकालाई निःशुल्क परामर्श सेवा

इकागज | पुस २९, २०७९

काठमाडौं - नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गतको यो शनिवार(पुस ३० गते) पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन् । नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत ‘निःशुल्क ओपिडी अभियान’ सञ्चालन गर्दै आएको छ । 

यसअघिका कैयन साताहरुका ओपिडी यूरोलोजीसँग सम्बन्धित थियो । पहिलोपटक कलेजोसँग सम्बन्धित समस्या भएका बिरामीहरूलाई सेवा दिने उद्देश्यले पुस ३० गते(शनिवार) विशेष ओपिडी सञ्चालन गर्न लागिएको हो । 

शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ । 

निःशुल्क ओपिडीमा कलेजोको सिरोसिस, जण्डिस, फ्याटी लिभर भएका, पेटमा पानी जमेका जस्ता समस्या भएका बिरामीहरू तथा कलेजो बारे सम्पूर्ण रोगको निःशुल्क परामर्श सेवा आवश्यकले अवसर पाउनेछन् । 

निःशुल्क ओपिडीमा सहभागी हुन चाहनेले नर्भिक इन्टरनेशनल हस्पिटलको ल्याण्डलाइन नम्बर ०१५९७००३२ तथा मोबाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् । 

नर्भिक अस्पतालले केही दिनअघि पत्रकार सम्मेलनको आयोजना गरी कलेजो प्रत्यारोपण सेवाका लागि आवश्यक प्रक्रियाहरू अगाडि बढाइएको बताएको थियो । अस्पतालले यसअघि नै मृगौला प्रत्यारोपण सेवा भने सफलतापूर्वक सुरु गरिसकेको छ । 

बेकोका उत्पादनहरूमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

इकागज | पुस २८, २०७९

काठमाडौँ- चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको यूरोपको टप होम अप्लायन्सस ...

टेलिकमको ‘विन्टर अफर’ : ६९९ मा २८ जिबी डाटा, दैनिक एक सय मिनेट कुराकानी

इकागज | पुस २८, २०७९

काठमाडौँ - नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिला उपलब्...