कर्पोरेट

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १३ देखि १५ सम्म

इकागज | माघ १०, २०७९

काठमाडौं– मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल उड इन्टरनेशनल एक्सपो तथा इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर एक्सपो यहि माघ १३ देखि १५ गतेसम्म हुने भएको छ। 

एक्सपोको आठौं संस्करण काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुन लागेको हो। प्रदर्शनीमा विभिन्न देशका १०० भन्दा बढि ख्यातिप्राप्त ब्राण्डका स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नया““–नया“ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी ७ वर्षदेखि कोसेढुंगा सावित हुँदै आएको आयोजकले बताएको छ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा उड वर्किङ तथा फर्निनर म्यानुफ्याक्चरिङ मेसिन, पावर टुल्स, प्लाइउड,  झ्यालढोका, इन्टेरियर डिजाइन, घर तथा अफिस फर्निचर आदिको पनि उल्लेखनीय सहभागिता रहनेछ।

यस आठौैं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिइएको छ। प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेशिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकको अपेक्षा छ।

महिला सशक्तीकरणका लागि ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

इकागज | माघ १०, २०७९

काठमाडौं- शिक़्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनर...

आइएमई जनरलको २५ औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

इकागज | माघ १०, २०७९

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल लि हि...

सूर्य नेपालद्वारा सशस्त्र प्रहरी विपद्, व्यवस्थापनमा रहेको अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

इकागज | माघ १०, २०७९

काठमाडौँ - सूर्य नेपाल प्रा.लि.ले सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिन...

एफवानसफ्टको बैंकर्स मिटअप सम्पन्न, डिजिटल क्रेडिट  बैंकिङ्ग प्रविधिबारे छलफल

इकागज | माघ ८, २०७९

काठमाडौँ- नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रा.लि.ले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत एफव...