कर्पोरेट

बहुप्रतिक्षित म्याक्सस नेपालमा औपचारिक रुपमा सार्वजनिक

इकागज | माघ २२, २०७९

काठमाडौं– नेपालमा म्याक्सस मोटर्स गाडीहरुको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालि लिमिटेडले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान लन्च भएको घोषणा गरेको छ । गाडीहरूको लन्च कार्यक्रमपछि सर्वाधिक प्रतिक्षित मूल्य सार्वजनिक र शोरूम उद्घाटन गरिएको छ ।

यी प्रिमियम गाडीहरूमा भेरिएबल जिओमेट्री टर्बोचार्जर प्रविधिसहितको ३६० एन एम र ३७५ एन एम पीक टर्क, अधिकतम पावर ११० किलो वाट र १२० किलो वाट क्षमता प्रदान गर्ने २.८ लिटर र २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ । यी गाडीहरूले अहिलेको ड्राइभिङ अनुभवका मागहरू पूरा गर्न सक्नेछन् । म्याक्सस टी ६०, टी ७० र भी ८० को मूल्य नेपाली बजारमा क्रमशः ७७ लाख ९९ हजार, ६८ लाख ४९ हजार र ५० लाख ४९ हजार रूपैयाँ रहेको छ ।

म्याक्सस टी ६० र टी ७० पिकअप ट्रकहरूमा अटोमेटिक एसी, कीलेस इन्ट्री र स्टार्ट, पुस–स्टार्ट बटन, हाइट एडजस्टेबल स्टेयरिङ ह्वील, क्रुज कन्ट्रोल, रेन–सेन्सिङ वाइपर, ब्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोल  जस्ता उत्कृष्ट फिचरहरू रहेका छन् । मिडसाइज पिकअपको रूपमा वर्गीकृत यी म्याक्सस पिकअप ट्रकहरू यस वर्गका गाडीमा सबैभन्दा लामो र चौडा गाडी हुन् ।

म्याक्सस टी ६० र टी ७० मा लकिङ डिफरेन्सियलहरू पनि छन् जसले यी गाडीहरूको अफरोड क्षमतालाई बलियो बनाउँछ । ३१५५ मिलिमिटर ह्वीलबेस र २१५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स भएको यो पिकअप नेपालको भौगोलिक क्षेत्रका लगि उपयुक्त देखिन्छ । सुरक्षाको हिसाबले टी ६० गाडी निकै सुरक्षित रहेको छ, यसले फाइभ स्टार एएनसीएपी रेटिङ पाएको छ । 

यस पिकअपमा चारवटा एयरब्याग, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन ( ईबीडी) सहितको एबीएस, ईएसपी, आइसोफिक्स चाइल्ड सिट टिथर्स, हिल स्टार्ट असिस्ट सिस्टम, ट्रयाक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक ब्रेक असिस्ट, रियर पार्किङ सेन्सर र रिभर्स क्यामेरा छन् ।

म्याक्सस भी ८० कार्गो भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको–डी २.५ लिटर टर्बो डिजेल कमन–रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ । बाशको इन्टरकुल्ड, इलेक्ट्रोनिक रूपमा रेगुलेट हुने इन्जिनले ३८०० आरपीएममा १०० किलोवाट शक्ति र ३३० टर्क उत्पन्न गर्दछ, जुन यातायात र फेमिली ट्रिपका लागि एकदमै उपयुक्त छ । भी ८० प्यानल भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको–डी २.५ लिटर टर्बो डिजेल कमन–रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ । प्यानल भ्यान निकै भरपर्दो गाडी हो, विभिन्न कार्यका लागि सजिलै प्रयोग गर्न सकिने यो गाडी व्यावसायिक प्रयोगका लागि एकदमै उपयुक्त छ ।

म्याक्सस नेपालमा सबैभन्दा बढी माग रहेको सर्वाधिक प्रतिक्षित कार हो । म्याक्ससको आकर्षक डिजाइन र आधुनिक तथा स्मार्ट फिचरहरूले पक्कै पनि ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ । विभिन्न वर्गका ग्राहकहरूको युटिलिटी गाडीको चाहना पूरा गर्ने सोचका साथ कम्पनीले म्याक्ससको मूल्य आकर्षक रहेको सुनिश्चित गरेको छ र उत्कृष्ट प्रदर्शन क्षमता सहितको युटिलिटी गाडीको लिगेसीलाई बलियो बनाउने अपेक्षा गर्दछ । काठमाडौंको नक्साल स्थिति म्याक्सस शोरुम बुकिङ र टेस्ट ड्राइभको लागि खुला छ ।
 

पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनमा हुँदै

इकागज | माघ १८, २०७९

काठमाडौं । कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी पाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भए...

कर्मचारीको क्षमता वृद्धि गर्न नेशनल लाइफको ‘ब्रान्च मेनेजर कन्फ्रेन्स’

इकागज | माघ १७, २०७९

काठमाडौं– कर्मचारीको क्षमता वृद्धि गर्न नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘ब्रान्च मेनेज...

महालक्ष्मी बैंकले गर्‍यो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

इकागज | माघ १७, २०७९

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु...

जगदम्बाकाे सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको माग अन्तर्राष्ट्रिय बजारमा

इकागज | माघ १७, २०७९

काठमाडौं– नेपालको पहिलो स्वचालित स्टिल उत्पादन कम्पनी जगदम्बा स्टिल्सको उत्पादन जगदम्बा सुपर शाइन र ...