कर्पोरेट

नेशनल लाईफ इन्स्योरेन्सले आर्जन गर्‍यो ८५ अर्ब एक करोड रुपैयाँ बीमा शुल्क

इकागज | फागुन १०, २०७९

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाकालदेखि २०७९ साल पुस मसान्तसम्म कुल बीमा शुल्क आम्दानी ८५ अर्ब १ करोड आर्जन गरेको छ । कूल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ र कुल २९ अरब ६० करोड बराबर बीमा दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ । 

कम्पनी ३५ औं वर्ष पूरा गरी ३६ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा आफ्नो विवरण प्रस्तुत गर्दै कम्पनीले व्यवसायिक प्रगति गरेको जनाएको हो ।  
जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ । 

कम्पनीको जीवन बीमा कोषमा .५६ अर्बको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७÷०७८ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आ.व.२०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको सहर्ष जानकारी गराउछौं । कम्पनीले चालु वर्षमा शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ । ११७ शाखा कार्यालय संख्या र ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् । 

कम्पनीले आफ्नो ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । यसै गरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ ।
 

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति प्रदान

इकागज | फागुन ९, २०७९

काठमाडौं - एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  इन्...

नबिल बैंक र महिला उद्यमी महासंघबीच वित्तीय पहुँच विस्तारका लागि साझेदारी

इकागज | फागुन ९, २०७९

काठमाडौं । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित ...

हाम्रो पात्रोका १ करोड प्रयोगकर्ताका लागि उपलब्ध भयो डिजिटल वालेट ‘हाम्रो पे’

इकागज | फागुन ७, २०७९

काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट 'हाम्रो पे' थपिएको छ । शु...

फागुन ११ बाट भृकुटीमण्डपमा इक्युपमेन्ट एण्ड कन्सट्रक्सन एक्स्पो

इकागज | फागुन ७, २०७९

काठमाण्डाैँ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि ले संयुक्त रु...