अदालत

महाअभियोग छिनोफानो नहुँदै अवकाशमा चोलेन्द्र शमशेर राणा

इकागज | मंसिर १५, २०७९

काठमाडौंँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बित अवस्थामै उमेर हदका कारणले तेह्र दिनपछि अवकाशमा जाने भएका छन् । संघीय संसदको निर्वाचन परिणाम आउँदै गरेको हुँदा प्रतिनिधि सभाको बैठक बस्न अझै निकै दिन लाग्ने देखिन्छ । उनी उमेरका हदका कारण यही मंसिर २८ मा अवकाशमा जानेछन् । उनीविरुद्ध लागेको अभियोगको छिनोफानो नभइकन बाहिरिने छन् ।

सर्वाेच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीशले ६५ वर्षसम्म मात्र सेवारत हुन पाउँछन् । २०१४ मंसिर २८ मा जन्मिएका राणाको यही मंसिर २८ मा ६५ वर्ष पुग्नेछन् ।
संसदको महाभियोग समितिले २०७९ असोज १ मा तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासामु महाभियोग लगाउनुपर्ने आधार र कारणसहित सिफारिश गरेको थियो । समितिको प्रतिवेदन पेश गरेलगत्तै प्रतिनिधि सभाको कार्यकाल सकिएको थियो ।

समितिले राणाविरुद्ध नौ वटा अभियोग प्रमाणित भएको उल्लेख गरी ‘केही विषयमा थप अध्ययन, अनुसन्धान अझै गर्नुपर्ने देखिएको र समय अभाव भएकाले अर्काे प्रतिनिधि सभाको बैठकमा पेश गरी टुंगो लगाउनुपर्ने’ सिफासिश गरेको थियो । राणाविरुद्ध ९८ जना सांसदले २०७८ फागुन १ मा महाभियोग प्रस्ताव दर्ता गराएका थिए । 
त्यसरी प्रस्ताव दर्ता भए लगत्तै उनी निलम्बनमा परेका थिए । उनी निलम्बनमा परेपछि दीपक कार्की कायममुकाम प्रधानन्यायाधीश भएका थिए । उनी उमेर हदका कारण अवकाशमा गइसकेका छन् । हाल हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशका रुपमा सेवारत छन् ।

मनाङबाट सांसद जितेका गुरुङ : विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन, तत्काल संसद्‌ छिर्न नपाउने

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमाल...

निर्वाचन आयोगको निर्णयविरुद्धका दुई रिटमा आज सुनुवाइ हुँदै

इकागज | कात्तिक १५, २०७९

काठमाडौँ- निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ...

‘तजबिजी निर्णय’का आधारमा न्याय सेवाका पदाधिकारीहरूलाई कुनै सुविधा दिन मिल्दैन

अतिन आचार्य | असोज १२, २०७९

काठमाडौँ– संविधानतः कार्यकारिणीको निर्णयका आधारमा न्याय सेवाका पदाधिकारीहरूलाई ‘तजबिजी न...

परिवर्तनको अनुभूतिका लागि आवश्यक ऐनहरू संसद्‍मा आउन सकेन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

इकागज | असोज ११, २०७९

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घन गर्ने कार्य राजनीतिक कदम हुने परिस्थितिले&n...

संविधान नमान्‍ने राष्ट्रपति र प्रधानन्यायाधीशबारे कानुनका विद्यार्थी के भन्छन् ?

सदिक्षा आचार्य | असोज १०, २०७९

काठमाडौँ- प्रतिनिधिसभाको बैठकबाट दुई पटक नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डार...