अदालत

न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न नेपाल बारको माग

इकागज | पुस २८, २०७८

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरुले आज पनि विरोध प्रदर्शन गरेका छन्। बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरु सहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए। उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।

‘न्यायालयमा देखिएको विकृति, विसंगतिका विरुद्ध हो। र न्यायालयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हो। हाम्रो आन्दोलन भविष्यको अनिश्चित कालसम्म छ। जबसम्म चोलेन्द्र समशेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ। न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुन नेपाल बारले आन्दोलन गरेको छ’ उनले भने ।

त्यस्तै, अधिवक्ता रामचन्द्र सिम्खडाले आन्दोलनले देशभरका अदालतमा गोलाप्रथाको शुरुवात गर्न सहयोग गरेको बताए। उनले न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहित पार्नको लागि आन्दोलन भइरहेको पनि स्पष्ट पारे।

अधिवक्ता सिम्खडाले भने, ‘यो आन्दोलन लगभग साढे २ महिना यता निरन्तर चलिरहेको छ। न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहित पार्नको लागि नेपाल बारले आन्दोलन गरिरहेको हो। नेपाल बारको आन्दोलनले केही उपलब्धी हासिल गरिसकेको छ।’ अधिवक्ता सिम्खडाले न्यायालय भित्र रहेका न्यायाधीशहरुको सम्पत्तिको छानबिन गर्नुपर्ने माग उठिरहेको बताए ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्मालाई नहटाउन माग गरिएको रिट खारेज

इकागज | पुस २७, २०७८

विराटनगर -  मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको वर्तमान सरकारले खारेज गरेको प्रदेश १ को प्रादेश...

सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुँदै, भोलिको पेसीमा पनि समस्या आउन सक्ने

इकागज | पुस २२, २०७८

काठमाडौँ- सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली बिहीबार अपरान्ह ४ बजेदेखि सेवा अवरुद्ध हुने भएको छ ।...

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायी आन्दाेलित

इकागज | पुस १८, २०७८

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरुले विरोध प्...

सर्वोच्चका पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र बारका पूर्व अध्यक्षहरूको सम्पत्ति छानबिनको माग गर्दै उजुरी

इकागज | पुस १६, २०७८

काठमाडौँ- सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल  बार एसोसिएसनका पूर्व ...

पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

इकागज | पुस १४, २०७८

काठमाडौँ – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय...

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चमा बारको प्रदर्शन

इकागज | पुस १२, २०७८

काठमाडौँ - नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राज...