अदालत

सर्वोच्चको सेवा स्थगन माघ २८ गतेसम्म निरन्तर रहने फुलकोर्टको निर्णय

इकागज | माघ १८, २०७८

काठमाडौं – सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई माघ २८ गतेसम्म निरन्तरता दिने भएको छ ।

आज बसेको सर्वोच्चको पूर्ण बैठक(फुलकोर्ट)बाट सेवा स्थगनलाई निरन्तरता दिने निर्णय गरेको हो । 

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कोरोनाको विषम परिस्थितिमा अदालतमा उपस्थित तथा भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति लगायको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनिकरणका लागि २८ गतेसम्म निरन्तरता दिने निर्णय भएको जानकारी  दिए ।

प्रदेश र स्थानीय तहमा समायाेजन भएर गएका कर्मचारी संघीय निजामती सेवामा फर्कन नमिल्ने

इकागज | माघ १२, २०७८

काठमाडौँ -  समायोजन हुँदा प्रदेश र स्थानीय तहमा गएका कर्मचारी पुनः संघीय निजामती सेवामा फर्कन नस...