अदालत

न्याय सेवामा प्रवेशको ४१ वर्षपछि कामू प्रधान्यायाधीश

इकागज | फागुन १, २०७८

काठमाडौं - सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएसँगै बरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् ।

‘उहाँले आजैबाट कामु प्रधानन्यायाधीशको रुपमा काम शुरु गरिसक्नुभयो’ सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले इकागजसँग भने, ‘संविधानतः उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको हो ।’

प्रधानन्यायाधीश राणाविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता भएको जानकारी संसद् सचिवालयले पठाएको थियो । दाहालका अनुसार, ‘पत्र पाएसँगै राणा अदालतबाट बाहिरिनुभयो र त्यसपछि कामु प्रधानन्यायाधीश कार्कीले काम शुरु गर्नुभएको हो ।’

४१ वर्षअघि न्याय सेवामा प्रवेश गरेका कार्की लामो समय जिल्ला न्यायाधीश, पुनरावेदन न्यायाधीश, पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै छ वर्षअघि सर्वाेच्च अदालतको न्यायाधीश बनेका थिए । 
 

एमालेले कारबाही गरेका १४ सांसदको पेशी प्रधानन्यायाधीशको इजलासमा थिएन, कसले चलायो हल्ला ?

इकागज | फागुन १, २०७८

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा ९८ सांसदले हस्ताक्षर गरी महाअभियोग प्र...

‘राणाविरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाईले पारित हुन्छ’

इकागज | फागुन १, २०७८

काठमाडौँ : कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबराविरुद्ध दर्ता भए...

कामु प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की

इकागज | फागुन १, २०७८

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता...

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव : बारले गर्‍यो स्वागत

इकागज | फागुन १, २०७८

काठमाडौँ - नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताक...

प्रधानन्यायाधीशलाई महाअभियोग दर्तापछि अब यस्ता छन् संसदीय प्रक्रिया

इकागज | फागुन १, २०७८

काठमाडौँ - सत्तारुढ गठबन्धनमा आबद्ध प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले...