अदालत

बाराका तत्कालीन वन अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इकागज | फागुन १०, २०७८

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय बाराका तत्कालीन वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध मुद्धा भ्रष्टाचार दायर गरेको छ ।

जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे र सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, कार्यालयका सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ–११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार जनही तीन लाख ६० हजार बिगो माग दाबी गर्दै विशेष अदालत काठमाडौंमा आज (मंगलबार) मुद्दा दायर गरिएकाे हाे । आर्थिक वर्ष ०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट वृक्षरोपणका लागि तीन लाख ६० हजार विनियोजन गरे पनि वृक्षारोपण नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेकाे अख्तियारका सहायक प्रवक्ता भण्डारीले जानकारी दिए ।  

स्थानीय तहको निर्वाचन घोषणाविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

इकागज | फागुन १०, २०७८

काठमाडौँ- स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सु...

यी हुन् चोलेन्द्रबाट ‘सफाइ पाएका’ अभियुक्त नेता र कर्मचारी

विष्णु विवेक | फागुन २, २०७८

काठमाडौँ : प्रतिनिधि सभा विघटन बदर गराउँदै एकाएक परिचय बदलेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा...

महाभियोगपछि जबराको टिप्पणी : दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्‍याउन्

इकागज | फागुन २, २०७८

काठमाडौँ- संसद्‌ सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमश...