अदालत

जनप्रतिनिधिको उम्मेदवारीबारेको रिटमा अन्तरिम आदेशबारे छलफल हुँदै

इकागज | चैत १३, २०७८

काठमाडौं- सर्वोच्च अदालतमा जनप्रतिनिधिहरूले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाइने निर्वाचन आचार संहिताविरूद्ध दायर रिटबारे अन्तरिम आदेश दिने/नदिने भन्ने विषयमा आइतबार छलफल हुँदै छ ।

छलफलमा रिटको पक्ष र विपक्षी दुवै सहभागी हुनेछन् । रिटको पक्ष सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हुन् । उनको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेसहितका कानुन व्यवसायीले कानुनी प्रतिरक्षा गर्नेछन् ।

छलफलमा विपक्षी निर्वाचन आयोगको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरूले बहस गर्नेछन् । यही ८ चैतमा न्यायाधीश बमकुमार श्रेष्ठले रिटको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउसँगै अल्पकालीन आदेश जारी गरेको थियो र अन्तरिम आदेशबारे छलफल गर्न दुबै पक्षलाई आइतबार बोलाएको थियो ।

शेर्पाले ७ चैतमा राजीनामा दिएर मात्र उम्मेदवारी दिन पाउने निर्वाचन आयोगले बनाएको आचारसंहिताले जनप्रतिनिधिको संवैधानिक र कानुनी हक प्रतिकूल भएको जिकिर गरेका थिए । रिटमार्फत शेर्पाले उक्त प्रावधान खारेजीको माग गरेका गरेका छन् ।

स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले उम्मेदवारी दिनुपर्ने भए कसलाई राजीनामा दिने भन्ने टुंगो नभएको र स्थानीय तह पनि रिक्त हुने पनि दाबी शेर्पाको छ ।

आयोगले ३ चैतमा जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को (३६) मा जनप्रतिनिधि उम्मेदवार बन्ने भए राजीनामा पहिले दिनुपर्ने व्यवस्था छ । 

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रेष्ठ संसदीय सुनवाई समितिमा उजुरी नपर्ने पहिलो न्यायाधीश

इकागज | चैत १२, २०७८

काठमाडौँ- संसदीय सुनवाई समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठविरुद्ध कुनै पनि ...

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ आईसीजे आयुक्तमा पुनःनिर्वाचित

इकागज | चैत ११, २०७८

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स (आईसीजे)को आयुक्तमा पुन:निर्वाचि...

डेढ वर्षपछि सशस्त्रका पूर्वडीआईजी कोइरालाको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै

इकागज | चैत १०, २०७८

काठमाडौँ- सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको कर्तव्य ज्यान म...

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

इकागज | चैत ८, २०७८

काठमाडौं – मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचान आयाेगले जारी गरेकाे निर्वा...

स्थानीय तहमा उम्मेदवार बन्‍न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने संहिताविरुद्धकाे रिटमा सुनुवाइ हुँदै

इकागज | चैत ८, २०७८

काठमाडौँ- स्थानीय तहको आसन्‍न निर्वाचनका लागि निर्वाचन आयोगले कायम गरेकाे आचारसंहिताविरुद्धकाे रिट...

भ्रष्ट्राचाररहित न्यायालय र संविधानको रक्षा मूल एजेण्डाः वरिष्ठ अधिवक्ता घिमिरे

इकागज | चैत ७, २०७८

विराटनगर - आसन्न नेपाल बार एसोसिएसनको निर्वाचनमा अध्यक्षका प्रत्याशी बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले ...

निर्वाचन रोकेर दुवै पक्षलाई छलफलमा आउन पाटन उच्च अदालतको अन्तरिम आदेश

इकागज | चैत ७, २०७८

लन्डन - पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघको निर्वाचन रोकेर छलफलमा आउन अन्तरिम आदेश दिएको छ । गैर...

आदर्श वन उपभोक्ता समूहका तत्कालीन दुई सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | चैत ६, २०७८

काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी बराह क्षेत्रस्थित आदर्श सामुदायिक वन उपभोक्त...