अदालत

बेचन झालाई थुनामा पठाउने अदालतको आदेश

इकागज | भदौ २, २०८१

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

सरकारी वकिलको कार्यालयले साउन २९ गते झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । 

झा पक्राउ परेसँगै उच्चस्तरका राजनीतिक नेक्सस पत्ता लाग्ने प्रहरी अधिकारीहरूको दाबी रहेपनि मुद्दाको प्रतिवेदनअनुसार झाको बयानमा थप व्यक्तिको संलग्नता पुष्टि नभएको बताइएको थियो ।

सर्वोच्चको फैसला : ‘ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन गर्न कानुन बनाउनु’

इकागज | साउन ३०, २०८१

काठमाडौँ - सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन...

प्राधिकरणका सञ्‍चालक समिति सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

इकागज | साउन २४, २०८१

काठमाडौँ- सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्...

उच्च अदालत विराटनगरले भन्यो- दरबन्दी नहुँदा मुद्दा फर्छ्यौट र फैसला लेखनमा समस्या भयो

इकागज | साउन २, २०८१

काठमाडौँ- उच्च अदालत विराटनगरले पर्याप्त दरबन्दी नहुँदा मुद्दा फर्छ्यौट र फैसला लेखनमा समस्या भएको जनाएको...