कोभिड-१९

कोभिड अपडेट

थपिए ७९२ संक्रमित, १४ जनाको मृत्यु

इकागज | असोज २६, २०७८

काठमाडौँ - नेपालमा मंगलबार थप ७ सय ९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६० पिसिआर परिक्षणका क्रममा ६ सय ९१ र २ हजार ५ सय ५९ एन्टीजेन परिक्षणका क्रममा १०१ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।  

यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ९६ हजार ७ सय ६९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ५७ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ९ सय १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ७७ हजार ७ सय ४१ संक्रमित निको भएका छन् । हाल नेपालमा १४ हजार ५ सय ५४ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 


 

विश्व स्वास्थ्य संगठनद्धारा सन् २०२१ भित्र ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

इकागज | असोज २३, २०७८

जेनेभा- विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्...