कोभिड-१९

थप ८६७ जनामा कोभिड-१९ संक्रमण

इकागज | असोज १६, २०७८

काठमाडौँ - नेपालमा शनिबार थप ८ सय ६७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ५ सय ९८ पिसिआर परीक्षणका क्रममा ६ सय ५९ जना र २ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा २०८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो संगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ८८ हजार ५ सय ४७ पुगेको छ । त्यस्तै कोभिड कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

त्यस्तै थप १ हजार १ सय २३ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६७ हजार ८ सय १९ संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३९ जना क्वारेन्‍टिन रहेको मन्त्रालयले जनाएको छ । 

ललितपुर महानगरमा भोलि एक दिन होटल र पर्यटकीय क्षेत्रमा काम गर्नेले खोप पाउने

इकागज | असोज १३, २०७८

काठमाडौँ- ललितपुर महानगरपालिकाले बिहीबार कोभिडविरुद्धको भेरोसेल खोप लगाउने भएको छ । पर्यट...

नेपालमा कोभिड संक्रमण : सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्षमाथिका

इकागज | असोज १३, २०७८

काठमाडौँ- कोभिड-१९ संक्रमणका कारण हालसम्म देशभर ६० देखि ६९ वर्ष उमेर समूहका संक्रमितको सबैभन्दा बढी मृ...