कोभिड-१९

थप १३६ जनामा कोभिड संक्रमण

इकागज | बैशाख १, २०८०

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

१ हजार ४२४ नमुनामध्‍ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोभिड संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

साेही क्रममा कोभिडका संक्रिय संख्या ४०१ पुगेकाे छ भने ३२ जना संस्थागत आइशोलेशनमा,  ११ जना आइसीयू र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

भारतमा कोभिड संक्रमित बढेपछि प्रदेश स्वास्थ्य मन्त्रीहरूको आकस्मिक बैठक

इकागज | चैत २४, २०७९

नयाँदिल्ली- भारतमा कोरोना संक्रमितको संख्या बढेपछि केन्द्रीय स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ । ...