कोभिड-१९

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई काेभिड पुष्टि

इकागज | माघ ४, २०७८

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई काेभिड–१९ पुष्टि भएको छ । 

मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

मंगलबार तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यबारे जानकारी दिएका हुन् । 

जारी विज्ञप्तिमा काेभिडको लक्षण देखिएपछि तीन दिनयता राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना घरमै आराम गरेर बसिरहेका उल्लेख छ । हाल उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । 

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवा प्रवाहका लागि दिन तोक्यो, खाेप कार्ड अनिवार्य

इकागज | माघ ४, २०७८

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले आफ्नो कार्यालयबाट हुने सेवा प्रवाहका लागि दिन तोकेको छ ...