कोभिड-१९

'कोभिड खोपले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ'

इकागज | पुस २६, २०७८

सिड्नी- बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई  खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले पछिल्लो अध्ययन गरेको हो । 

बालबालिकामा खोपको असर, उनीहरुको अस्पताल भर्ना, मृत्यु, जटिलतालगायतका विषयहरुमा गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरुले बालबालिका र वयस्कमा महामारी विज्ञानसम्बन्धी मोडल प्रयोग गरेका थिए । अध्ययनअनुसार पाँचदेखि ११ वर्षका बालबालिकामा खोपसँग सम्बन्धित मायोकार्डाइटिस र एनाफाइल्याक्सिसको समस्या निकै दुर्लभ देखिएको छ । 

‘खोप लगाएका बालबालिकामा भविष्यमा अन्यको तुलनामा रोगको जोखिम कम देखिएको छ,’ ग्रिफिफ्थ युनिभर्सिटीका प्राध्यापक मिसेल गुडले भने । अस्ट्रेलियामा यस वर्ष विद्यालय सुरु हुनुअघि खोप लगाउन योग्य २३ लाख बालबालिकाहरुलाई कोभिड खोप दिने तयारी भइरहेको छ । खोप लगाएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने अध्ययनमा उल्लेख छ । पछिल्लो समय अस्ट्रेलियामा औषतमा दैनिक एक लाख जनामा कोभिड संक्रमण देखिएको छ । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । संक्रमण बढे पनि सरकारले तत्काल लकडाउन नगर्ने संकेत गरेको छ । यद्यपी, केही प्रतिबन्ध भने लागू गरिएका छन् । एजेन्सी

कोरोनाको नयाँ भेरियन्टविरुद्ध पूर्वतयारी थाल्न मुख्यमन्त्री शाहीको निर्देशन

इकागज | पुस २५, २०७८

कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमवि...

सञ्चारमन्त्री कार्कीको कोरोना रिपोर्ट नेगेटीभ, यो साता आइसोलेसनमै बस्ने

इकागज | पुस २५, २०७८

काठमाडौँ– सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड–१९ परिक्षण रिपोर्ट नेगेटीभ आएको छ । ब...

सबै पालिकामा आइसोलेसन वार्ड बनाउन पत्राचार गरिएको छ : मन्त्री खड्का

इकागज | पुस २५, २०७८

काठमाडाैँ - सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना भाइरस नियन्त्रणका लागि प्र...