क्रिकेट

नेपालले आज क्यानडाविरुद्ध खेल्दै

इकागज | भदौ ३१, २०८१

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ ।

नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ ।

क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।

नेपालले लिग-२ मा अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ३ खेल हार बेहोरेको छ ।

एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दशैँ अघि नै खेलाडी अक्सन हुने

इकागज | भदौ २९, २०८१

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) का मार्की खेलाडी...

इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी

इकागज | भदौ २७, २०८१

काठमाडौँ - अस्ट्रेलियाले इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ । गए राती सम्पन्...