एसियन गेम्सः सन्दीप र सागर चीन जाँदै
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलरद्वय सन्दीप लामिछाने र सागर ढकाल १९ औँ एसियन गेम्सका लागि आज चीन जाँदैछन् ।
अदालतमा मुद्दा विचाराधिन रहेकाका कारण सन्दीप नेपाली टिमसँगै चीन गएका थिएनन् । यता ललित राजवंशी घाइतेपछि टिममा स्थान पाएका सागर पनि सन्दीपसँगै चीन जान लागेका हुन् ।
उनीहरु मध्यान्ह १२ बजे चीन प्रस्थान गर्ने छन् ।
एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आगामी आइतबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।