क्रिकेट

गुजरातविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

इकागज | चैत १८, २०८०

काठमाडौँ- त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत भारतको गुजरातविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । नेपालले गुजरातलाई आठ विकेटले हराएको हो । 

गुजरातको वापीमा नेपालले आज टस जित्दै पहिला फिल्डिङ रोजेको थियो । गुजरातले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ९८ रन बनायो । गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए । यस्तै हेमाङ्ग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाइले ११ तथा स्मित पटेलले १० रन बनाए ।

बलिङतर्फ नेपालका गुल्सन झाले चार, करण केसीले तीन तथा सोमपाल कामीले एक विकेट लिए । 

नेपालले ९९ रनको विजयी लक्ष्य १५ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ३३ रन बनाए । यस्तै अनिलकुमार साहले अविजित ३२, कुशल भुर्तेलले १७ तथा आसिफ शेखले १६ रन बनाए ।

बलिङतर्फ गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले एक-एक विकेट लिए । नेपालले दोस्रो खेल मङ्गलबार भारतको बरोडा क्रिकेट सङ्घसँग खेल्नेछ ।

टी-ट्वान्टी सिरिजका लागि पाकिस्तानले आयरल्यान्डको भ्रमण गर्ने

इकागज | चैत १६, २०८०

काठमाडौँ- टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि पाकिस्तानले आयरल्यान्डको भ्रमण गर्ने भएको छ । प...