मुलपानीले ओडिआई मान्यता पाएपछि क्यानले मनायाे केक काटेर उत्सव
काठमाडौँ- नेपाल (क्रिकेट संघ क्यान)ले मूलपानी मैदानले पनि एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको खुशीयालीमा केक काटेर उत्सव मनाएको छ ।
क्यानका पदाधिकारी तथा कर्मचारीहरूलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केक काटेर खुवाउँदै उत्सवको रुपमा खुशीयाली साटासाट गरेका हुन् ।
क्यानको मुख्यालयसमेत रहेको मूलपानीको माथिल्लो मैदानले शनिबार ओमान र युएईबीचको एक दिवसीय क्रिकेट खेल आयोजना भएसँगै उक्त मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।
यसअघि नेपालमा एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान मात्रै रहेको थियो । सन् २०२० मा त्रिबी खेल मैदानले ओडिआई मान्यता पाएको तीन वर्ष पछि मुलपानी मैदानले पनि शनिबारबाट सो मान्यता प्राप्त गरेको हो ।
शनिवारबाट नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुईवटा क्रिकेट मैदान भएका छन् ।