क्रिकेट

आईसीसी एकदिवसीय वरीयतामा २ नेपाली मात्र, सन्दीपको कस्तो छ ?

इकागज | माघ ११, २०७९

काठमाडौँ- आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा दुई नेपाली क्रिकेटर मात्र परेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताको शीर्ष एक सयभित्र ब्याटिङतर्फ रोहितकुमार पौडेल र बलिङतर्फ सन्दीप लामिछाने रहेका छन् ।

ब्याटिङतर्फ रोहितको वरीयता यथावत रहेको छ । उनी ८३ औँ स्थानमा रहेका छन् । ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम तथा दक्षिण अफ्रिकाका रासी भान डेर र क्विन्टन डी कक शीर्ष तीनमा रहेका छन् ।

बलिङतर्फ सन्दीप पनि ४५ औँ स्थानमा यथावत रहेका छन् । बलिङतर्फ भारतका मोहमद सिराज, अस्ट्रेलियाका जोश ह्याजलउड तथा न्यूजिल्यान्डका ट्रेन्ट बोल्ट शीर्ष ३ मा रहेका छन् ।

न्यूजिल्यान्डविरुद्धको क्रिकेट सिरिज भारतद्वारा क्लिन स्विप

इकागज | माघ ११, २०७९

काठमाडौँ- घरेलु टोली भारतले न्यूजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । इन्दोर...