क्रिकेट

स्मिथले चौथो पटक जिते अलन बोर्डर मेडल

इकागज | माघ १६, २०७९

काठमाडौँ- अस्ट्रेलियन ब्याट्सम्यान स्टेभेन स्मिथले सन् २०२३ को अलन बोर्डर मेडल प्राप्त गरेका छन् । स्मिथले चौथो पटक अलन बोर्डर मेडल प्राप्त गरेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

उनले यसअघि २०१५, २०१८ र २०२१ मा सो मेडल प्राप्त गरेका थिए । चार पटक अलन बोर्डर मेडल जित्ने उनी तेस्रो अस्ट्रेलियन क्रिकेटर हुन् । यसअघि रिक्की पोन्टिङ र माइकल क्लार्कले मात्र चार पटक अलन बोर्डर मेडल पाएका थिए ।

स्मिथले मतका आधारमा ट्राभिस हेड र डेविड वार्नरलाई पछि पार्दै सो मेडल जितेका हुन् ।

स्मिथले सन् २०२२ मा टेस्ट अन्तर्गत ८ सय ६३ रन बनाएका थिए । उनले ३ वटा शतक समेत हिर्काए । ३३ वर्षीय स्मिथले ११ एकदिवसीय खेलमा खेलमा ५ सय ३९ रन बनाएका थिए ।  

क्रिकेट लिग-२ : नेपालले अन्तिम सिरिज कीर्तिपुरमा खेल्नुअघि युएईको भ्रमण गर्ने

इकागज | माघ १६, २०७९

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम दुई सिरिजमध्ये एक ...

आफ्नै सदस्यहरूले मागे क्यान अध्यक्षसहितका पदाधिकारीको राजीनामा

इकागज | माघ १५, २०७९

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यहरूले नै क्यानको कार्यसम्पादन समिति सदस्यहरूको...

नेपाल आइसकेको मोन्टीलाई प्रशिक्षक घोषणा गर्न क्यान किन असमर्थ ?

इकागज | माघ १५, २०७९

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि भार...

अर्जून साउदलाई समेट्दै लिग-२ को सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा

इकागज | माघ १३, २०७९

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्ड सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरि...

नेपाल टी-ट्वान्टी लिग सम्बन्धी सम्झौता तत्काल खारेज हुनुपर्ने राखेप कार्यदलको ठहर

इकागज | माघ ११, २०७९

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद्‍ (राखेप) ले गठन गरेको नेपाल टी-ट्वान्टी लिग छानबिन कार्यदलले ...