क्रिकेट

ओडीआईमा हजार रनको रेकर्डनजिक रोहित पौडेल

इकागज | माघ २९, २०७९

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्ने संघारमा पुगेका छन् ।

नेपालका लागि ३२ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका रोहितले ९ सय ४५ रन जोडिसकेका छन् । एकदिवसीयमा एक हजार रन पुरा गर्न रोहितलाई केवल ५५ रन आवश्यक छ ।

रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा एक शतक तथा पाँचवटा अर्धशतक समेत प्रहार गरेका छन् । रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि एक खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

उनले सर्वाधिक १ सय २६ रन बनाएका छन् । रोहितले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत चैतमा पपुवा न्यूगिनीविरुद्धको खेलमा ७ चौका र ४ छक्काको मदतमा १ सय २६ रन बनाए ।

नेपालका लागि शतक पुरा गर्ने रोहित तेस्रो खेलाडी हुन् । पूर्व क्रिकेटर पारस खड्काले १ सय १५ रनसहित शतक तथा दिपेन्द्र सिंह ऐरीले १ सय ५ रनसहित शतक पुरा गरेका छन् ।

रोहितपछि २६ खेल खेलेका ज्ञानेन्द्र मल्लले ७ सय ९ रन तथा २३ खेल खेलेका आशिफ शेखले ६ सय ५५ रन बनाएका छन् ।

नेपालका लागि एकदिवसीयमा ५ सय रन पुरा गर्ने पहिलो खेलाडी पनि रोहित नै हुन् । रोहितले एक हजार रन पुरा गर्ने अवसर पनि त्रिवि क्रिकेट मैदानमा पाउने सम्भावना बलियो छ ।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबियासम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले चार खेल खेल्नेछ । जबकी रोहितलाई एक हजार रन बनाउन केवल ५५ रनको आवश्यकता छ ।

टी-ट्वान्टी विश्वकपः न्यूजिल्यान्डविरुद्ध अस्ट्रेलियाको शानदार जित

इकागज | माघ २९, २०७९

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्यूजिल्यान्डमाथि श...

महिला टी-ट्वान्टी विश्वकप क्रिकेट : श्रीलंकासँग दक्षिण अफ्रिका पराजित

इकागज | माघ २८, २०७९

काठमाडौँ- आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत श्रीलंकाले आयोजक दक्षिण अफ्रिकामाथि जित हात पार...

अस्ट्रेलियाका टी-ट्वान्टी कप्तान फिन्चले लिए सन्‍न्‍यास

इकागज | माघ २४, २०७९

काठमाडौँ- अस्ट्रेलियाका टी-ट्वान्टी कप्तान तथा ब्याट्सम्यान आरोन फिन्चले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट स...

सन्दीपले रोहितकै कप्तानीमा खेल्नेछन् : मुख्य प्रशिक्षक देसाई

सञ्जीव शाह | माघ २३, २०७९

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मोन्टी देसाईले सन्दीप लामिछानेले रोहित ...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त

इकागज | माघ २३, २०७९

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले  नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मो...

सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै क्यानविरुद्ध प्रदर्शन

इकागज | माघ २१, २०७९

काठमाडौँ- बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्र...