क्रिकेट

मल्लले दिलाए नेपाललाई पहिलो सफलता

इकागज | फागुन ५, २०७९

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा कुशल मल्लले स्कटल्यान्डविरुद्ध नेपालका लागि पहिलो विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ८औँ ओभरमा पहिलो विकेट गुमाएको हो । कुशल मल्लले नेपाललाई पहिलो विकेट दिलाए ।

मल्लले ८औँ ओभरको चौथो बलमा १९ रन बनाएका रिची बेरिङटनलाई आउट गरे ।

नेपालले टस स्कटल्यान्डविरुद्ध बलिङ गर्ने निर्णय गरेको हो । पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी लक्ष्य पछ्याएको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्यान्ड पनि नामिबियाविरुद्ध हात पारेको पहिलो जितलाई निरन्तरता दिन चाहन्छ ।

बंगलादेशी क्रिकेटरलाई ‘स्पट फिक्सिङ’ गर्न अर्का खेलाडीको आग्रह

इकागज | फागुन ३, २०७९

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकपका क्रममा बंगलादेशका खेलाडीहरुलाई एक क्र...