क्रिकेट

नेपालविरुद्ध खेल्नुअघि मलेसियासँग हार्‍यो कतार

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालसँग खेल्नुअघि कतारले मलेसियाविरुद्ध पराजय भोगेको छ । समूह ‘ए’ अन्तर्गत मुलपानी मैदानमा भएको खेलमा मलेसियाले कतारलाई ३ विकेटले पराजित गरेको हो ।

मलेसियाले चार खेलमा दोस्रो जित हात पारेको हो । कतारले भने खेलेका तीनवटै खेलमा पराजय भोगेको छ । कतारले समूह चरणको अन्तिम खेल बिहीबार नेपालविरुद्ध खेल्नेछ ।

मंगलबार जितका लागि चाहिएको २ सय १६ रनको लक्ष्य मलेसियाले ३४ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । वर्षाका कारण मैदानको अवस्था खराब भएपछि ढिलो गरी सुरु भएको खेल ३५ ओभरमात्र खेलाइएको थियो ।   

कतारविरुद्ध मलेसियाका सयद अजिजले ८० रन बनाए । कप्तान अहमद फैजले ३३ रन जोडे । कतारका लागि इकरामुल्लाह र मोहम्मद नदिमले २-२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय १५ रन जोड्यो । कतारका लागि इमाल लियानेजले ५६ रन तथा खुरम शहजादले ४१ रन बनाए । मलेसियाका रिजवान हैदर र महुम्मद वाफिकले २-२ विकेट हात पारे ।

मुलपानीमा नेपाल साउदीसँग भिड्दै, त्रिवि खेल मैदानमा हङकङ र बहराइन भिड्ने

इकागज | बैशाख ११, २०८०

काठमाडौं - एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। ​कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बह...

यूएईले सेमिफाइनलको सम्भावना बलियो बनाउँदा सिंगापुरको तेस्रो हार

इकागज | बैशाख १०, २०८०

काठमाडौँ- नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (यूएई) ले सेमिफा...

नेपाल भर्सेस साउदीः नेपाललाई एक खेल अगावै सेमिफाइनल पुग्ने अवसर

इकागज | बैशाख १०, २०८०

काठमाडौँ- नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक नेपालले सोमबार साउदी अरेबिय...