क्रिकेट

वेस्ट इन्डिजका फिल सिमोन्स पीएनजीको विशेष प्रशिक्षक नियुक्त

इकागज | जेठ ७, २०८१

काठमाडौँ- वेस्ट इन्डिजका पूर्व अलराउन्डर तथा अनुभवी अन्तर्राष्ट्रिय प्रशिक्षक फिल सिमोन्स पपुवा न्यूगिनी (पीएनजी) को विशेष प्रशिक्षक नियुक्त भएका छन् ।

जुन १ देखि २९ तारिखसम्म आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअघि सिमोन्स पीएनजीको विशेष प्रशिक्षक नियुक्त भएका हुन् ।

वेस्ट इन्डिजका लागि १ सय ६० भन्दा बढी क्रिकेट खेल खेलेका सिमोन्सले प्रशिक्षकको रूपमा सन् २०१६ मा वेस्ट इन्डिजलाई टी-ट्वान्टी विश्वकपको उपाधि दिलाएका थिए ।

उनले जिम्बाब्वे, आयरल्यान्ड र अफगानिस्तानको प्रशिक्षकको रूपमा समेत काम गरिसकेका छन् ।

विश्वकपअन्तर्गत समूह 'सी' मा रहेको पीएनजीले पहिलो खेल वेस्ट इन्डिजविरुद्ध जुन २ मा खेल्ने तालिका रहेको छ ।

पञ्जाबमाथि हैदराबादको शानदार जित, कलकताविरुद्ध क्वालिफायर खेल्ने

इकागज | जेठ ७, २०८१

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्समाथि सनराइजर्स हैदराबादले शानदार जित हात प...

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो ललितपुर मेयर्स कपको उपाधि

इकागज | जेठ ५, २०८१

काठमाडौँ- सुदूरपश्चिम प्रदेशललाई पराजित गर्दै नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियो...

गौतम गम्भिरलाई भारतीय टिमको प्रशिक्षक बनाउने योजनामा बीसीसीआई

इकागज | जेठ ५, २०८१

काठमाडौँ- भारतको क्रिकेट बोर्ड बीसीसीआईले भारतका पूर्व क्रिकेटर गौतम गम्भिरलाई मुख्य प्रशिक्षक बनाउने तया...

सन्दीपलाई बधाई दिँदै ओमानका कप्तान इल्यासले लेखे- हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो

इकागज | जेठ ३, २०८१

काठमाडौँ- ओमानका राष्ट्रिय क्रिकेट टोलीका कप्तान अकिब इल्यासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बधाई द...