क्रिकेट

नेपाल र अमेरिकाबीचको वार्मअप खेल वर्षाले रद्द, अब जुन ४ मा विश्वकप खेल्ने

इकागज | जेठ १८, २०८१

काठमाडौँ- आइसिसी टि-२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्मअप खेल वर्षाले रद्द भएको छ ।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनुपर्ने खेल वर्षाले रद्ध भएको हो । यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपनि खेल हुन सकेन ।

नेपालले यस अघि पहिलो वार्मअप खेलमा क्यानाडासँग ६३ रनको हार बेहोरेको थियो ।

अब नेपालले सिधै विश्वकपका खेल खेल्ने छ । 

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी-२० विश्वकपमा नेपाल समुह 'डी' मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्‌स रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

क्यान भन्छ- सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा

इकागज | जेठ १७, २०८१

काठमाडौँ- अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक अमेरिकाको भिसा दिन अस्वीकार गरेको छ...

'आईसीसी डट टिभी'मा टी-ट्वान्टी क्रिकेट विश्वकप निशुल्क हेर्न पाइने

इकागज | जेठ १६, २०८१

काठमाडौँ- यही जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्र...

टी-ट्वान्टी विश्वकपको उद्घाटन खेल हुने स्टेडियम भीषण आँधीले प्रभावित

इकागज | जेठ १६, २०८१

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत उद्घाटन खेल हुने अमेरिकाको डलासस्थित ग्रान्ड प्रे...