क्रिकेट

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

इकागज | बैशाख २०, २०८१

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा पञ्जावले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १६३ रनको लक्ष्य पछाएको पञ्जावले १७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि चेन्नईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

यो यस सिजनमा पञ्जावको चौथो जित हो । १० खेलमा ४ जित र ६ हारसहित पञ्जाव ८ अंक हासिल गरेर सातौं स्थानमा रहेको छ ।

त्यसैगरी चेन्नईको भने यो यस सिजनमा पाँचौं हार हो । १० खेलमा ५ जित र ५ हार बेहोरेको चेन्नई १० अंकसहित चौथों स्थानमा रहेको छ ।

टी-ट्वान्टी विश्वकपका लागि भारतले टिम घोषणा गर्दा रिशभ पन्त समावेश

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका ल...

नेपालकै समूहमा रहेको दक्षिण अफ्रिकाले विश्वकपका लागि घोषणा गर्‍यो टिम

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका ...