कूटनीति

अर्थमन्त्रीले लगानी सम्मेलनमा भाग लिन विश्व बैंकका उपाध्यक्षलाई पठाए निमन्त्रणा

इकागज | चैत १०, २०८०

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् ।

बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो । उक्त संवादका क्रममा अर्थमन्त्री पुनले लगानी सम्मेलनमा भाग लिनका लागि निम्ता गरेको उनको सचिवालयले जनाएको छ । 

उक्त संवादका क्रममा अर्थमन्त्री पुनले उनीहरुलाई औपचारिक रूपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रूपमा पनि निम्तो दिएको बताएका थिए ।

जवाफमा उपाध्यक्ष रेजरले निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी अर्थमन्त्री पुनले गराएका थिए । सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको बताउँदै उनले विश्व बैंकसहित अन्य विकास साझेदारसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

नेपालको लगानी सम्मेलनप्रति स्विट्जरल्यान्डको निजी क्षेत्र आकर्षित

इकागज | चैत १, २०८०

काठमाडौँ- आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्विट्जरल्यान्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउ...

सीमा क्षेत्रमा सुरक्षा र निर्वाचनका विषयमा नेपाल र भारतका उच्च अधिकारीबीच भेटवार्ता

इकागज | फागुन ३०, २०८०

 वीरगञ्ज - एसएसबीका आइजी श्री पंकज दराड (आईपीएस)ले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध, सीम...

एसियाली विकास बैंकका देशीय निर्देशकद्वारा अर्थमन्त्री पुनसँग शिष्टाचार भेट

इकागज | फागुन २९, २०८०

काठमाडौँ- एसियाली विकास बैंक (एडिबी) को नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान प...

उपप्रधानमन्त्री श्रेष्ठसँग रुसी महासंघका राजदूत नोभिकोभबीच भेटवार्ता

इकागज | फागुन २९, २०८०

काठमाडौँ- नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि रुसी महासंघका र...

उपप्रधानमन्त्री श्रेष्ठसँग स्वीस राजदूत मेउलीको भेट

इकागज | फागुन २९, २०८०

काठमाडौँ- नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका र...