कूटनीति

परराष्ट्रमन्त्री राणा क्यानडा जादै

इकागज | भदौ ३०, २०८१

काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा सोमवार क्यानडा भ्रमणमा जाने भएकी छिन् । परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

क्यानडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा यो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विश्वका करिब २० जना महिला परराष्ट्रमन्त्री सहभागी हुदैछन् ।

सो सम्मेलनलाई सम्बोधन गरेपछि परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन २१ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

इकागज | भदौ १७, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्या...

निजामती कर्मचारीको जापानमा उच्चशिक्षा अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर

इकागज | भदौ १२, २०८१

 काठमाडौँ - जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन ग...

परराष्ट्रमन्त्री डा राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता

इकागज | भदौ ११, २०८१

काठमाडौँ - परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदे...