कूटनीति

नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना

इकागज | चैत १९, २०७८

काठमाडौँ- नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने राष्ट्रको संख्या १७६ पुगेको छ ।

कूटनीतिक स्थापना गर्ने सम्बन्धी पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगका लागि स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र बेलिजको तर्फबाट राष्ट्रसंघका लागि बेलिजका स्थायी प्रतिनिधि तथा राजदूत कार्लोस सी. फुलरले हस्ताक्षर गरेका थिए । 

अमेरिकाको न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक स्थापन सम्बन्धी पत्रमा हस्ताक्षर गरिएको थियो । 

दुवै देशका राजदूतले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको बारेमा जानकारी समेत गराएको नेपाली स्थायी नियोगले जनाएको छ । 

बेलिज एक क्यारिबियन देश हो । बेलिज सन् १९८१ सेप्टेम्बर २१ मा बेलायतबाट स्वतन्त्र भएको थियो । सन् १९७३ भन्दा अघि बेलिजलाई ब्रिटिश होन्डुरस भनेर चिनिन्थ्यो । 

भारतीय विदेशमन्त्रीले भने - नेपालका प्रधानमन्त्रीसँग भेट गर्न पाउँदा खुशी लाग्यो

इकागज | चैत १८, २०७८

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न पाउँदा...

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

इकागज | चैत १८, २०७८

काठमाडौं- तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच ...

प्रधानमन्त्री देउवालाई स्वागत गर्दै भारतीय विदेश मन्त्रालयले भन्यो– एक विशेष मित्रको भव्य स्वागत

इकागज | चैत १८, २०७८

काठमाडौं - भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको एक विशे...

राजदूत आचार्यले गरे बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस

इकागज | चैत १७, २०७८

काठमाडौं - बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको...

प्रधानमन्त्रीले बिमस्टेकलाई समृद्ध र मजबुत बनाउन प्रस्तुत गरे पाँच योजना

इकागज | चैत १६, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको...