कूटनीति

भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

इकागज | साउन २७, २०८१

काठमाडौँ - परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौँ आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै  देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भारतका विदेशसचिवको यो भ्रमण नियमित हो । उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन् । उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।

विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्किनेछन् ।

मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने

इकागज | साउन २६, २०८१

काठमाडौँ- मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी...

प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघका आवासीय प्रतिनिधि सिङ्गरको शिष्टाचार भेट

इकागज | साउन २३, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सि...

बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे भारत र चीन बोले, नेपाल अझै माैन

इकागज | साउन २३, २०८१

नयाँ दिल्ली - भारतका विदेशमन्त्री एस. जयशंकरले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रू...

प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतस्थित नेपाली दूतावासको अनुरोध

इकागज | साउन २२, २०८१

काठमाडौँ - केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन/हुलदङ्गा चलिरहेकाले यहाँ रहेका एवं बेलायत भ्रम...

मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान

इकागज | साउन २२, २०८१

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आ...