कूटनीति

सिके राउत र भाजपा विदेश प्रमुखबीच भेटवार्ता

इकागज | जेठ १३, २०८०

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

केन्द्रीय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए ।

अध्यक्ष राउत र भाजपा विदेश विभाग प्रमुखबीच आपसी सम्बन्धका बारेमा भेटवार्ता भएको जनाइएको छ । सो भेटमा दुई देशबीचको सम्बन्ध र दुई पार्टीबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमबार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन् । राउत भारत भ्रमणका लागि शनिबार गएका हुन् ।

राप्रपाले अमेरिकालाई पत्र लेख्दै भन्यो, ‘हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग स्विकार्य छैन’

इकागज | जेठ ६, २०८०

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्र...

परराष्ट्रमन्त्री साउद र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

इकागज | बैशाख ३१, २०८०

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बंगल...

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

इकागज | बैशाख २७, २०८०

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया)का र...