कूटनीति

नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिन सभामुख घिमिरे दूतावासमा

इकागज | फागुन ३०, २०७९

काठमाडौं - अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् । ​ 

मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुगेका  सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिए । ​

अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिएका थिए ।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौंमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राखेका थिए ।

सभामुख घिमिरेले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धि लगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेका थिए । 
 

बहराइन पुगेर सभामुख घिमिरेले भने - नेपाल सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्छ

इकागज | फागुन २९, २०७९

काठमाडौँ  - सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा...

नेपालको आन्तरिक मामिलाबाट भारत पछि हटे अन्य मुलुक हाबी हुने पूर्वराजदूत रञ्जित रेको दाबी

इकागज | फागुन २१, २०७९

काठमाडौँ- नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपालको सबै वर्ग तथा विशेषगरी नयाँ राजनीतिक शक्...

सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्ग्याइ द्वन्द्वपीडितलाई न्याय उपलब्ध गराउने नेपालको प्रतिबद्धता

इकागज | फागुन १७, २०७९

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का शान्ति तथा मानवअधिकार सल्लाहकार गोविन्दप्रस...