कूटनीति

सीमा सुरक्षा समितिको बैठक सम्पन्न

सीमामा हुने अपराध, लागूऔषध ओसारपसार, सीमा स्तम्भबारे छलफल

सुभाष कर्ण | फागुन १३, २०७९

जनकपुरधाम- नेपाल र भारतका सुरक्षाकर्मीबीच सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ ।

शनिबार जनकपुरधाममा बसेको बैठकले सीमामा हुने अपराध, लागूऔषध ओसारपसार, सीमा स्तम्भको अवस्था लगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताएका छन् ।

उनले दुई देशबीचको सुरक्षाकर्मीहरूको संयुक्त बैठक सम्पन्न भएको बताउँदै बैठकले सीमा सुरक्षा व्यवस्थामा कडा गर्दै अपराधका सूचनाहरू एकआपसमा आदानप्रदान गर्नेसहितको निर्णय भएको जानकारी दिए ।

नेपाल र भारतका सुरक्षाकर्मीको नियमित बैठक भएको बताउँदै प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘यसमा हामी सीमा क्षेत्रमा हुने अपराध, अतिक्रमण, फेक करेन्सी, लागूऔषध ओसारपसार नियन्त्रण लगायतका सम्बन्धमा छफलफल गरेका छौं । यी बैठकले दुई देशबीचको सम्बन्ध पनि सुमधुर हुन्छ र हामी समय समयमा सुरक्षाकर्मीहरूबाट सहयोग पनि पाउँनेछौं ।’

बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागूऔषध सम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरूको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्ने लगायतको निर्णय भएको उनले जानकारी दिए ।

बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूको उपस्थिति रहेको थियो । भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला अधिकारी अरविन्दकुमार वर्मा, बिहार प्रहरी, एसएसबीलगायतका सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।

परराष्ट्रमन्त्री पौड्यालद्वारा प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन

इकागज | फागुन १२, २०७९

काठमाडौँ- परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीति नियो...

बर्लिनस्थित नेपाली दूतावासले भन्याे : गैरकानुनी रूपमा युक्रेन नपस्नू, दूतावास जिम्मेवार हुँदैन

इकागज | फागुन ११, २०७९

काठमाडौँ- युद्धग्रस्त मुलुक युक्रेनमा अहिले पनि नेपाली जाने गरेको पाइएको छ। युक्रेन मामिलासमेत...

प्रचण्डसँग दुई–दुई पटक वार्ता, दुई दिनमा १४ नेतालाई भेटेर फर्किए क्वात्रा

इकागज | फागुन ३, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दुई पटक भेटघाट गरेर भारतीय विदेश सचिव विनय मोहन ...

भारतीय विदेशसचिवसँग द्विपक्षीय हितबारे उपप्रधानमन्त्री लिङ्देनकाे छलफल

इकागज | फागुन २, २०७९

काठमाडौं। राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र भारतीय...

क्वात्रा र जनता प्रगतिशील पार्टीका राष्ट्रिय अध्यक्ष हृदयेश त्रिपाठीबीच भेट

इकागज | फागुन २, २०७९

काठमाडौं - नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले जनता प्रगतिशील पार्टीका राष्ट्...